बारा,३० जेठ – बाराको महागढीमाई नगरपालिका वडा नं. १ निवासी जेसिबी ड्राइभर रामनरेश कुशवाहा माथी संघातीक हमला भएको छ । जेठ ३० राती ११ बजेको समयमा ३ जनाको समुहले कुशवाहा माथी आक्रमण परिवारिक स्रोतले जनाएको छ ।
जेसिबी चलाउन घरबाट गएका कुशवाहा मोटरसाईकलबाट घर फर्कि रहेको बेला महागढीमाई नगरपालिकाको बरियारपुर र दहियार सडक खण्डमा पर्ने आरएन ईट्टा उद्योग नजिकै सामुहिक आक्रमणमा परेका थिए । बाटोमा तीन जनाको समूहले हत्या गर्ने अभिप्रायले आक्रमण गरेको घाइते कुशवाहाका भाई राजकुमार कुशवाहाले बताए । आक्रमबाट गम्भीर घइते भएका कुशवाहालाई नेपाल प्रहरीको गस्ती टोलीले उद्धार गरेको थियो । घाइते कुशवाहाको काठमाडौं स्थित बिएनबी हस्पिटलमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
गम्भीर अवस्थामा सडक पेटीमा लडी रहेको कुशवाहालाई नेपाल प्रहरीको गस्ती टोलीले ३१ गते बिहान २ बजे देखेपछि उद्धार गरी घर पु¥याएका थिए । आक्रमणकारीहरुको पहिचान भइसकेको तथा उनीहरु बिरुद्ध किटानी जाहेरी दिने तयारी भइरहेको घाइते कुशवाहाका भाई राजकुमार कुशवाहाले बताए ।
घटनामा स्थानिय महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुर निवासी हरिओम रौनियार, महागढीमाई वडा नं. १ बरियारपुर निवासी किसुन महतो र कलैया बसतपुर निवासी शेख सतार गरी ३ जनाको समंलग्ता रहेको घाइते कुशवाहाको भाईको दावी छ । स्थानियहरुका अनुसार आक्रमण गरेकाहरु कुशवाहासँगै बिगतमा काम गर्दै आएका कारण आक्रमणको कारण आर्थिक लनदेन समेत हुन सक्छ । कुशवाहा जेसिबी ड्राइभर रहेको भएपनि ठेक्केदारीको काम पनि गर्दै आएका थिए ।
घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालयसँग जानकारी लिन खोज्दा आफुहरुलाई घटना बारे केहि जानकारी नआएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । उनले घटनाको बिवरण पठाउन स्थानिय युनिटले ढिला गरेको हुन सक्ने बताए ।
The post बारामा जेसिबी ड्राइभरमाथी संघातीक आक्रमण appeared first on Nepal Post Daily.
from Nepal Post Daily https://ift.tt/AftCl2v
via Source link
COMMENTS