प्रेम सर्राफ, वीरगंज, २३ भदौ ।
बारा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष शिव कुमार सर्राफ ६० किलो सुन प्रकरणमा पक्राउ परेपछि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । बरामद सुन तस्करीमा सर्राफसहित हालसम्म २७ जनाको संलग्नता रहेको अनुसन्धानमा देखिएको छ ।
पर्साका सुनचाँदी व्यवसायीहरूको पनि नाम आइरहेको छ। यसबारेमा पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलनप्रसाद सोनारसँग सोधपुछ गर्दा उनले सुन तस्करीमा मेरो कुनै सम्बन्ध नरहेको बताए । उनले तस्करीको एक ग्राम सुनको कारोबार नगरेको बताए । उनले भने, मेरो सम्पूर्ण काम अनलाइनमार्फत भइरहेको छ र यसबारे सिआइबीले अनुसन्धान गरिरहेको छ। अरु व्यापारीको विषयमा मलाई केही भन्नु छैन । म हुँ अथवा जोकोही पनि होस् गलत काम गर्छ भने उसको गल्ती को प्रमाण हुन्छ ।
COMMENTS