वीरगंज, २८ कात्तिक ।
शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा रौतहट सुन–चाँदी व्यवसायी संघले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
रौतहट सुन–चाँदी व्यवसायी संघका अध्यक्ष अरुण कुमार सोनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद विणा देवी साह प्रमुख अतिथि रहनुभएको थियो ।
त्यसैगरी विशिष्ठ अथितिहरुमा गरुडा नगरपालिकाकी उप–प्रमुख पुनम चौधरी, नेपाल सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्ष रामजी साह, बृज किशोर यादव, दिपक यादव, रामभरोस यादव, कृष्णनन्दन सहनी, अम्बीका सहनी, रामविनोद साह, रामबाबु चौधरी, राजेश सहनी, सुनिल साहलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्षत्रय कामेश्वरनाथ प्र. साह, मुकेश कुमार साह, बासदेव साह सोनार, महासचिव ललित कुमार सोनी (गुडडु), सचिव श्यामबाबु साह सहसचिव रामविनय प्र. साह, कोषाध्यक्ष राजकुमार साह, सदस्यहरु जागरिथ साह सोनार, प्रभु कुमार साह, रंजीत साह सोनार, पवन कुमार साह महिला सदस्य गीता कुमारी साह, सदस्य अजय कुमार साह, दशरण प्र. साह सोनारलगायतको सहभागिता थियो ।
COMMENTS