वीरगंज २५ कार्तिक ।
वीरगंज पोखरा चल्ने यात्रीवाहक बसमा तस्करीको चिनी र प्याजको ओसारपसार हुने गरेको समाचार प्रकाशमा आएको छ ।
भारतबाट तस्करी भै ल्याइएको चिनी र प्याज वीरगंजबाट पोखरा यात्रीवाहक बसमा ओसारपसार हुने गरेको खुलासा भएको हो । वीरगंज पोखरा चल्ने ग १ ख ९६३८ नम्बरको यात्रीवाहक बसमा लोड गरि चिनी र प्याज तस्करी हुने गरेको छ । प्याजको बोरा भित्र चिनि लुकाएर ओसारपसार गर्दै आएको समाचार स्रोतले जानकारी दिएको छ । वीरगंजको नयाँ बसपार्कबाट खुल्ने यात्रीवाहक बसमा तस्करीको चिनि र प्याजको ओसारपसार हुदै आएको हो । यो एउटा उदाहरण मात्र हो वीरगंजबाट खुल्ने प्रत्येक यात्रीवाहक बसहरूले तस्करीको प्याज चिनी ओसारिरहेको छ । बसको छतमा राखि त्रिपालले छोपेर चिनि र प्याज ओसार्ने गरिन्छ।
तस्करहरूले बसपार्कको आसपास गोदाम भाडा लिएर तस्करीको प्याज र चिनी भन्डारण गरेर राख्छन र प्रहरी सित सेटिङ मिलाएर देशको बिभिन्न स्थानमा पठाउने गरेका छन् ।
COMMENTS