जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव

SHARE:

काठमाडौँ, १९ भदौः खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ ।

एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज यहाँ आयोजित 'हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ' भन्ने विषयको कार्यशालामा उहाँले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, "एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रुपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिङ्गो मन्त्रालयको टोलीलाई धन्यवाद दिन चाहन्छु ।"

यसैगरी, मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरणका लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्वलाई पनि जोड दिनुभयो । उहाँले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा भूटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव
जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव
https://blogger.googleusercontent.com/img/a/AVvXsEgoq75Ii8QsXRr9MU_PXmvwPqg_QNJoupHvoZB_EtIiku5pTo99iMLOqxktZv2KCchKFbGG_-2fguy2wdT1W5PNjZwWt1_V7u5VYQ5Neao53FSxQt8GazyCpYqqQEMAULC1AbilV1lvr9NfejAipQUiOuoK8GlwWhn1O-vN01aed6khEhNkhn8lyQTuO18=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgoq75Ii8QsXRr9MU_PXmvwPqg_QNJoupHvoZB_EtIiku5pTo99iMLOqxktZv2KCchKFbGG_-2fguy2wdT1W5PNjZwWt1_V7u5VYQ5Neao53FSxQt8GazyCpYqqQEMAULC1AbilV1lvr9NfejAipQUiOuoK8GlwWhn1O-vN01aed6khEhNkhn8lyQTuO18=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2024/09/blog-post_4.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2024/09/blog-post_4.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy