वीरगंज, १ असोज ।
पटेर्वासुगौली गाउँपालिका अन्तर्गत वडा नं. ४ मा रहेको भलुवाई खोलाबाट दिनरात टयाक्टरबाट बालुवा, गिट्टीको तस्करी भइरहेको छ ।
यस विषयमा पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष दिनेशकुमार चौधरीले अहिले गाउँपालिकाले संघ सरकारको प्रतिबन्धको कारण बालुवा गिट्टीको उत्खनन बिक्री वितरणमा रोक लगाएको बताए । उनले गिटी, बालुवाको ठेक्कापट्टा नभएपछि अवैधरुपमा तस्करी भइरहेको बताए ।
आव २०८०/८१ मा भलुवाई खोलाबाट बालुवा गिटीको ठेक्का एक करोड चौबीस लाखमा लगाएको बताए । तर यसपालि ठेक्का नलगएको कारण बालुवा, गिटीको तस्करी भइरहेको गापा अध्यक्ष चौधरीले बताए । उनले सम्बन्धित प्रशासनसंग पत्राचार गरी बालुवा गिट्टी तस्करी नियन्त्रण गर्न भनिए पनि तस्करी नरोकिएको बताए ।
बालुवा, गिट्टीको तस्करी नियन्त्रण गर्न मैले तीन चारवटा टयाक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गरे पनि तस्करी नियन्त्रण नभएको बताए । गापा अध्यक्ष चौधरीले आफू अहिले काठमाडौंमा रहेको र त्यसकारण पनि तस्करी भइरहेको बताए ।
इलाका प्रहरी कार्यालय पत्थरियाका इन्चार्जले बालुवा गिटीके तस्करी भइरहेको बताए । आफूले पनि नदीजन्य पदार्थको तस्करी नियन्त्रण गर्न प्रयास गरिरहेको बताए । सो स्थानबाट सोनालिका टयाक्टर (ना ६ त ३८२२ र नम्बर नै नभएको टयाक्टरबाट बालुवा गिट्टीको तस्करी भइरहेको बताएका छन् ।

COMMENTS