प्रेम सर्राफ, वीरगंज, १५ मंसिर ।
महागढीमाई नगरपालिकामा मंसिर १ गतेदेखि लागिरहेको ऐतिहासिक पञ्चवर्षीय गढीमाई मेलाको शुक्रवार उदघाटन गरिएको थियो । एकीकृत समाजवादी पार्टीका नेता माननीय किसान श्रेष्ठले खेल तमाशाको डिजिटल प्रवेशपत्र लगाएर उदघाटन गरेका थिए । गढीमाई मेलामा खेल तमाशा आएपछि रौनक बढेको छ र यसले मेलामा झनै दर्शनार्थीहरुलाई आकर्षित गर्ने उनले मन्तव्यको क्रममा बताएका थिए ।
गढीमाईको मेलामा खेल तमाशाको सम्पूर्ण जोरजाम गर्ने बाराको प्रसौनी गाउँपालिका–१ निवासी सुल्तान खान हुन् । २०७६ सालमा एक करोड २१ लाखमा खेल तमाशाको टेन्डर लिएका सुल्तान खानले त्यतिबेला ठूलो घाटा बेहोर्नुपरेको थियो । त्यतिबेला मेलामा निकै घाटा लागेपछि यसपालिको गढीमाई मेलामा खेल तमाशाको कुनै टेन्डर लाग्न नसकेको उनले बताए ।
यस दैनिकसंग कुराकानी गर्ने क्रममा मेलाका ठेकेदार सुल्तान खानले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले यसपटकको मेलामा खेल तमाशामा कुनै टेन्डर नगरेको बताए । उनले टेन्डर लगाउंदा घाटा हुने भएकोले मेयर यादवको निर्देशनमा खेल तमाशा लगाएको बताए ।
ठेकेदार खानले दुईवटा खेल तमाशा नेपालको रहेको र बांकी सबै खेल तमाशा भारतबाट आएको जानकारी गराए । भारतबाट अजय नामक व्यक्तिले खेल तमाशा ल्याएको उनले बताए । खेल तमाशाको व्यवस्थापनमा महागढीमाई नगरपालिकाले गरिरहेको बताए । उनले खेल तमाशामा हालसम्म करोडौं रकम खर्च भएको बताए ।
ठेकेदार सुल्तान खानले गढीमाई मेलामा २०७१ सालदेखि खेल तमाशाको व्यवस्थापन गर्दैआइरहेको बताए । उनले दुई तीन दिनमै मेलाका सम्पूर्ण खेल तमाशाहरु सञ्चालन हुने बताए । खानले मेयर यादवको योगदानको कारण मेला लागेको बताए । उनले मेला समितिको अध्यक्ष नै मेयर उपेन्द्रप्रसाद यादव रहेकोले यसपटकको मेला डिजिटल र झिलिमिली मेला हुने बताए ।
ठेकेदारले मेलामा स्मार्टकार्डको व्यवस्थापन गरिएको र कार्ड देखाएर मेलामा प्रवेश गर्न सकिने बताए । सर्कस, नयां भेराइटीको झुलालगायत मनोरञ्जनको सबै सामग्रीहरु रहेको बताए । ठेकेदार खानले गढीमाईको मेलाको मुख्य आकर्षण नै खेल तमाशा रहेकोले यसपटकको मेलामा घाटा नलाग्ने अनुमान गरे ।
यसैबीच मङ्सिर १ गते देखि ३० गते सम्म लाग्ने गढीमाई मेलामा आज शनिवार बिदाको दिन निकै भीड रहयो । हजारौं गाडीमा सवार भएर लाखौं दर्शनार्थीहरुले आज मेला भरेका थिए । गढीमाई मेलामा सहभागी हुन वीरगंज, बारा, रौतहटलगायत क्ष्Fेत्रबाट ठुलो संख्यामा दर्शनार्थीहरु लागेका छन ् ।

भिडियो हेर्नुस
COMMENTS