दिपेन्द्र बि.सी.
बिरगंज ,२६ पुस
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा अनौठो घटना सार्वजनिक भएको छ। वडा नम्बर २ अन्तर्गत पर्ने बंकुल खोलाको बगरमा एक नवजात शिशु जीवित अवस्थामा फेला परेको छ। शिशु छोरी रहेको र बेवारिसे अवस्थामा भेटिएको जानकारी स्थानीय बासिन्दा हिरालाल महतोले प्रहरीलाई दिएका थिए।
प्रहरी चौकी रङपुर टाडीका प्रहरी सहायक निरीक्षक रामबाबु यादवको नेतृत्वमा गएको टोलीले शिशुलाई हिरालाल महतोबाट आफ्नो जिम्मामा लिएको छ। प्रहरीका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
बेवारिसे शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ। प्रहरीका अनुसार, शिशुको उचित देखभालका लागि थप कदम चालिनेछ ।
यस घटनाले समाजमा गहिरो प्रश्न खडा गरेको छ। शिशुलाई कसले र किन यस्तो अवस्थामा छोड्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। प्रहरी प्रशासनले यसबारेमा चाँडै थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

COMMENTS